सोमबार, असार २९, २०८३

तातोपानीबाट निर्यात वैशाख १८ देखि खुल्ने

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- चीनलाई नेपालसँग जोड्ने उत्तरी नाका तातोपानी यही वैशाख १८ गतेदेखि खुल्ने भएको छ। ०७२ सालको भूकम्पयता पूर्ण रुपमा खुल्न नसकेको नाका खोल्न दुवै देश सहमत भएका हुन्। 

मंगलबार नेपाल-चीन सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा सो नाकाबाट आयात-निर्यात खोल्ने सहमति जुटेको हो।

बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख र चिनको तर्फबाट त्यहाँका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायत अधिकारी सहभागी थिए। 

१५ चैतमा तिब्बतको ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो। सो सहमतिपछि केही समयमै उत्तरी केरुङ नाका पूर्ण रुपमा सञ्चालनमा आइरहँदा चैत २८ मा भौतिक पूर्वाधार निर्माणमा नापतौल काटा राखिने भन्दै तातोपानी एक साताको लागि चीनले बन्द गरेको थियो। 
 

प्रकाशित: Apr 18, 2023| 16:43 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्