शनिबार, असार १३, २०८३

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य  

एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बताएको हो।

मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए। फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे। ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे। २२–१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए।

यस्तै, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए। ललित राजवंशीले दुई र गुल्सन झा एक विकेट लिए।

Shivam cement

प्रकाशित: Apr 18, 2023| 12:54 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्