बिहीबार, कात्तिक २७, २०८२

आर्टमान्डुको अर्को म्युजिकल फिल्म 'फूलथुंगे रानी' युट्युबमा

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- गायक सुजन चापागाईंको नयाँ गीत 'फूलथुंगे रानी' युट्युब च्यानलमा सार्वजनिक भएको छ। गीत हर्क साउदले लेखेका हुन्।

National life

'तीनपाते'बाट चर्चामा आएका सुजनका  'लजाएर', 'गाला पुक्क', 'घुमी घुमी', 'मिलेको जीउ छिनेको कम्मर', 'बाफ' लगायत गीत चर्चित छन्।

फूलथुंगे रानीलाई कुशल सिंहले एरेन्ज गरेका छन्। गीतको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको हो। म्युजिकल फिल्ममार्फत कथा भन्ने आर्टमान्डुले प्रस्तुतिमा यसपटक पनि फरक शैली अपनाएको छ। 

 यो म्युजिकल फिल्मको निर्देशक नवीन चौहान हुन्। भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही म्युजिकल फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन्। 

प्रकाशित: Apr 18, 2023| 11:54 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्