आइतबार, वैशाख १३, २०८३

एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

एसीसी मेन्स प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- एसीसी मेन्स प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। टस जितेर मलेसियाका क्याप्टेन हमद फैजले पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल विजयी सुरुआतको लक्ष्यमा छ। टस हारेपछि पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले फिल्डिङ गर्ने निम्तो पाएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरिसकेको छ।

रोहित पौडेलको कप्तानीमा आइतबार घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्।

यस्तै, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक राखेको छ। आजको खेलमा ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसी बेञ्जमा रहेका छन्।

kumari

वैशाख १८ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ। 

प्रकाशित: Apr 18, 2023| 10:00 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्