आइतबार, वैशाख १३, २०८३

बेंगलोरलाई पराजित गर्दै चेन्नाईको रोमाञ्चक जित

खेलमा चेन्नाईले २२६ रनको स्कोर डिफेण्ड गर्दै बेंगलोरलाई उसैको मैदानमा पराजित गरेको हो।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको छ। खेलमा चेन्नाईले २२६ रनको स्कोर डिफेण्ड गर्दै बेंगलोरलाई उसैको मैदानमा पराजित गरेको हो।

National life

बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा २२६ रन बनाएको थियो। चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो।

बेंगलोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेलेका थिए। तर, त्यो जितका लागि प्रयाप्त हुन सकेन। म्याक्सवेलले ३६ बल खेल्दै ३ चौका र ८ छक्कासहित सर्वाधिक ७६ रन बनाए भने डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रन जोडे। यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे पनि त्यसपछि बेंगलोरका लोअर अर्डरले खेल जिताउन सकेन।

दिनेश कार्तिकले १४ बलमा २८ रन बनाए। सुयश प्रभुदेशाई ११ बलमा १९ रन जोडे। अन्तिम ओभरमा बेंगलोरलाई जितका लागि १९ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो। चेन्नाईका तुसार देशपाण्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए। आकाश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १ विकेट लिए।

त्यसघि डेभोन कानवेको ८३ रन मद्दतमा चेन्नाईले ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। कानवेले ४५ बल खेल्दै ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रन बनाए। शिभम दुबेले २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा जोडे। अजिंका रहानेले २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए।

kumari

बेंगलोरका विजयकुमार वैश्यक, मोहम्मद सिराज, वाएने पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

पाँच खेलमा तेस्रो जित हात पारेको चेन्नाई ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। बेंगलोर २ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित: Apr 18, 2023| 07:15 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्