सोमबार, मंसिर १, २०८२

 छक्का पन्जा-३ को उत्कृष्ट व्यापार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- घटस्थापनामा रिलिज भएको ‘छक्का पञ्जा ३’ चौंथो दिन शनिबार हालसम्म कै उत्कृष्ट व्यापार गरेको छ। शनिबारमात्र एक करोडको व्यापार गरेको छ।
 
शनिबार क्यूएफएम्सको पाँचवटा चेनमा ३२ शोज पाएको थियो। प्रायः शो मा दर्शकको भीडभाड उल्लेख्य मात्रामा पाएको छ। चाबहिलको गोपिकृष्णमा अधिकांश शोमा हाउसप फुल थियो।

काठमाडौँका भित्रका डिर्टिक्युटरका अनुसार काठमाडौँभित्र रिलिजको दिन ८० लाखको व्यापार थियो भने दोस्रो दिन ६३ लाख र  तेस्रो दिन शुक्रबार ५५लाख थियो । बिदा नभएको दिन पनि यस प्रकारको व्यापार निकै राम्रो रहेको काठमाडौंका डिसिर्टिब्युटर मनोज राठीले नेपाल समयलाई बताए। काठमाडौँ बाहिर पनि उत्साहजनक नै रहेको जानकारीमा आएको छ।

काठमाडौँ भित्रमा यस प्रकारको कमाई र मौसफलको समेत गरेर करिब ४ करोड व्यापार भएको अनुमान छ।  गतिलो समसामायिक विषयको उठान र छक्का पञ्जाको पहिलेका दुई फिल्मले दर्शकमा पारेको छापले दर्शकलाई हलसम्म तानको छ।

दर्शकको राम्रो प्रतिक्रिया साथ पाएका कारण यसको व्यापार अझै स्थिर नै रहने अनुमान डिसिर्टिब्युटर तथा छक्का पञ्जा टिमको रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्