शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकका सीईओ ढुंगाना ‘प्रवल जनसेवा श्री’ पदकबाट सम्मानित

नबिल बैंकका सीईओ ढुंगाना ‘प्रवल जनसेवा श्री’ पदकबाट सम्मानित

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

National life

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। 

ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्। बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए।

त्यसअघि  उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए। राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए। भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्।
 

प्रकाशित: Apr 17, 2023| 18:04 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्