शनिबार, जेठ २, २०८३

सीजी नेटले गर्‍यो ७ नयाँ सहरमा सेवा विस्तार

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- इन्टरनेट र आईपीभीटीका साथ सिजी नेटले ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ। 

National life

यस अफर अन्तर्गत १३० एमबीपीएस रु ७९९ मा २५० एमबीपीएस रु १०४९ मा र ३५० एमबीपीएस नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ सीजी नेटले आफ्ना प्रयोगकर्तालाई रु ३ लाखसम्मको दुर्घटना बीमा र सीजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ। 

सीजी नेट जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन्।  

काठमाडौंको सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहवीसम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केही महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ।

वैशाख ३ गते पोखरामा उद्घाटन गर्दै सीजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको जनाएको छ। आइतबार पोखरा सहरमा उद्घाटन समारोह र र्‍यालीको आयोजना गर्दै सीजीले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो। 

कम्पनीका सीईओ भन्छन्, ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं। आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ। भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।’ 
 

प्रकाशित: Apr 17, 2023| 17:53 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्