शनिबार, जेठ २, २०८३

'मिनी क्याप्सुल'सहित रियलमी सी५५ नेपाली बजारमा

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- रियलमीले सी सिरिजको लेटेस्ट् मोडल सी–५५ नेपाली बजारमा उपलब्ध गराएको छ। ६४ एमपीको क्यामरा र ३३ वाटको फास्ट चार्जिङसहित फोन उपलब्ध छ। सी ५५ ले बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँ बेन्चमार्क खडा गर्ने कम्पनीको दाबी छ।

National life

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले सी सिरिजका स्मार्टफोनहरूमा ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड रहेको बताए। ‘क्यामेरा, स्टोरज, चार्जिङ र डिजाइन गरी चारवटा मुख्य फिचरहरुमा व्यापक अपग्रेड गरेर सी सिरिजका फोनहरु बजारमा ल्याएका छौं’ उनले भने।

कम्पनीका अनुसारमा यसमा रहेको ६४ एमपी क्यामरामा ओभी ६४ बी सेन्सर राखिएको छ, जुन फ्ल्यागसिप लेभलको सेन्सर हो। सेल्फी क्यामेरामा ८ एमपीको लेन्स छ। यसमा ५००० एमएएचको ब्याट्री राखिएको छ। २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी यसमा रहेको कम्पनीले जनाएको छ।

९० हर्जको फुल एचडी प्लस डिस्प्ले यसमा दिइएको छ। एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सी ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि रहेको कम्पनीको दाबी छ।

‘यसमा ८ जीबीको र्‍याम र १६ जीबीको डाइनामिक र्‍याम छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटासम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ’ कम्पनीले भनेको छ। ६ र ६४ जीबी स्टोरेजको मूल्य २१ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
 

प्रकाशित: Apr 17, 2023| 17:35 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्