सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको श्री हेल्थ केयर अस्पतालमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको श्री हेल्थ केयर अस्पतालमा छुट

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राना मगर तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बीसी शाहले हस्ताक्षर गरे। 

उक्त सम्झौता अनुसार ग्राहकले अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको भनाइ छ।
 

प्रकाशित: Apr 17, 2023| 16:43 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्