शनिबार, जेठ २, २०८३

बजारमा ८० प्रतिशतसम्म माग घटेको छ: अध्यक्ष अग्रवाल

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको बताएका छन्। सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

National life

उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदनअनुसार मुलुकभर उत्पादित वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको उनले बताए। पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको उनले सुनाए।

'अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन्। व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नुपरेको छ। बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ। व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ,' उनले भने, ‘व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन्। परिसंघले सरकार र नागरिकलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ।’

अग्रवालले थपे, 'सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ। सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ। यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने काम गर्न खाँचो छ।’ अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए। 

प्रकाशित: Apr 17, 2023| 16:23 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्