सोमबार, असार २९, २०८३

२३.६४ अंकले घट्यो नेप्से

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ। आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो।

२३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ। बैङ्किङ समूहको उपसूचक  १.०२ प्रतिशतले घटेको छ भने विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ। 

यस्तै फाइनान्स समूहको उपसूचक १.८० प्रतिशतले घटेको छ भने जीवन बीमा र निर्जीव बीमा  समूहको उपसूचक क्रमशः १.५५ र ०.६७ प्रतिशतले घटेका छन्। 
 

प्रकाशित: Apr 17, 2023| 15:37 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्