आइतबार, वैशाख १३, २०८३

सूर्य नेपाल एनपिजिए टुर आजदेखि 

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदै छ।

National life

७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र‌ आठ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाईमा पर्ने खेलाडीसँगै कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्।

विजेताले एक लाख ४० हजार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार रुपैयाँ हात पार्नेछन्। व्यावसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, नीरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

छैटौँ प्रतियोगिताका विजेता सद्भाव आचार्य र १३औँ सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङको चुनौती पन्छाउनुपर्नेछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भएको पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताएका छन्। 

प्रकाशित: Apr 17, 2023| 12:13 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्