सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंक २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै

राष्ट्र बैंक २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो। 

इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र बैंकले तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्छन्। यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ। 

कूल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ। 
 

प्रकाशित: Apr 17, 2023| 11:09 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्