शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाले ल्यायो १५५ सीसीको स्कुटर, मूल्य ४ लाख ७५ हजार

यामाहाले ल्यायो १५५ सीसीको स्कुटर, मूल्य ४ लाख ७५ हजार

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बिक्री सुरु गरेको छ। 

National life

विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनका साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको दाबी छ। 

यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ। यसको १५५ सीसीको ‘आर’ डीएनए इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ। अगाडिको एलईडी हेडलाइटहरूले राति पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन्। यसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ। 

एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम र भीभीए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ। स्कुटरमा यामाहा वाई कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ। 

स्पोर्टी डिजाइनको बाबजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। भेरियबल भ्याल्यु एक्चुएसन (भीभीए), इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप-स्टार्ट गर्ने विधी र परिष्कृत सुरक्षाको लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेक दिइएको छ।

यामाहा एरोक्स १५५ तीन रंगमा उपलब्ध छ- रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक। स्कुटरको मूल्य चार लाख ७५ रुपैयाँ छ।

प्रकाशित: Apr 16, 2023| 20:18 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्