सोमबार, वैशाख ८, २०८२

आक्रामक ओपनिङ गरेको जारीलाई पाइरेसीको तनाव

 |  आइतबार, वैशाख ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- नयाँ वर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले उजुरी दिएका हुन्।

टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा चलचित्र सार्वजनिक भएको उनले बताएका छन्। यसअगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ। यसअघि उनकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ। प्रदर्शनको दुई दिनमै सो चलचित्रले ४ करोडभन्दा बढीको व्यापार गरेर आक्रामक ओपनिङ गरेको छ।

प्रकाशित: Apr 16, 2023| 17:29 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्