शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघमा ढकालले ग्रहण गरे अध्यक्षको पदभार

उद्योग वाणिज्य महासंघमा ढकालले ग्रहण गरे अध्यक्षको पदभार

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालले अध्यक्षको पदभार सम्हालेका छन्।

National life

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए। विधानअनुसार गत चैत २८-२९ गते सम्पन्न ५७औं वार्षिक साधारणसभापछि उनी स्वतः अध्यक्ष भएका हुन्।

अहिलेको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका अन्जन श्रेष्ठले दुई वर्षपछि अध्यक्षको कार्यभार सम्हाल्नेछन्।

पदभार ग्रहणपछि अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदाहरण आफू भएको बताए। उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए। 

ढकालले कतिपय व्यवसायीहरूलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्ता रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले साना व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने र लगानीको वातावरण बनाउन पहल गर्ने बताए। 

'उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिने अवस्था छैन। सरोकारवाला पक्षहरू सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्नेछु,' उनले भने। उनले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यवसायिक गतिविधिहरू बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाए।

उनले नेपाल सरकार र दातृ निकायसँग समन्वय गरी मुलुकभित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए।
 

प्रकाशित: Apr 16, 2023| 13:16 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्