शनिबार, वैशाख २२, २०८१

जहिले पनि धमाकै लिएर आउँछन् प्रकाश सपुत, रुचाइयो 'सकम्बरी' पनि

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ। स्वरमा वर्ता गन्दर्भ पनि सुनिएकी छन्। नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी एक विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- प्रकाश सपूत जे लिएर आउँछन्, धमाकै ल्याउँछन्। ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’, ‘बदला बरी लै’, 'पिर' उनका चर्चित गीत हुन्। लोकभाका मिश्रित यी गीतले करिब सबै उमेर समूहका दर्शक/स्रोताको
मन जितेका छन्। 

triton college

अहिले पनि उनले त्यसै गरे। दुई  दिन अघिमात्र युट्युबमा रिलिज भएको १५ मिनेट लामो गीति कथा सकम्बरी ३२ लाखभन्दा बढीले हेरिसके। युट्युब ट्रेन्डिङको नम्बर १ मा  त आउने भइ नै हाल्यो।

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ। स्वरमा वर्ता गन्धर्भ पनि सुनिएकी छन्। नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी एक विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ।

श्रीमतीले छोरी मात्र जन्माएको भन्दै बुबाले दोस्रो बिहे गरेपछि आमा र बहिनीहरूको जिम्मेवारी वहन गरेकी युवतीको संघर्ष म्युजिक भिडियोमा देख्न सकिन्छ। अभाव र कमजोरीको फाइदा उठाउनेहरू जताततै रहेको यथार्थलाई गीतले उधिन्न खोजेको छ। 

हिरोइन हुन शहर पसेकी युवतीलाई कसरी प्रयोग गरिन्छ, उनीमाथि केके बित्छ गीतले देखाएको छ। गाउँमा उनको नाम फूलमाया थियो तर सहर पसेपछि उनी सकम्बरी बन्छिन्। यसमा फूलमाया र सकम्बरीबीच तुलना पनि गर्न खोजिएको छ।

corrent noodles
Metro Mart

प्रकाशकै निर्देशन रहेको म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, सुनील थापालगायत कलाकार छन्। 

सकम्बरी एउटा कथा बोकेको गीत हो। कथाको केन्द्रमा छिन् फूलमाया नाम गरेकी युवती जो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिर्छिन्। उनलाई पाइला-पाइलामा यस क्षेत्रका पुरुष पात्रहरुले दुरुपयोग गर्छन्। फूलमाया सबैसँग सम्झौता गर्दै, आफ्नो जवानीको सौदावाजी गर्दै सफलताको उकालो चढ्दै जान्छिन्। म्युजिक भिडियो खेल्छिन्, नाम र दाम कमाउँछिन् अनि फूलमायाबाट सकम्बरी बन्छिन्।

अन्तमा उनलाई राजनीतिमा समेत अफर आउँछ र गीत सकिन्छ। यसको सिक्वेलमा सकम्बरीको राजनीतिक यात्रा देख्न पाइएला सायद।

'सकम्बरी' मा शब्द र संगीतको लालित्य छ। मीठो भाका छ अनि कर्णप्रिय पार्श्वध्वनि छ। एकपटक सुनेपछि पटक-पटक सुनिरहन मन लाग्छ। 

भिडियोमा फूलमायालाई आफ्नो पारिवारिक कलह र गरिबीबाट भागेर आफैं केही गर्ने अठोटसहित सहर पसेकी युवतीका रुपमा चित्रित गरिएको छ। म्युजिक भिडियो खेल्ने रहर पालेकी उनलाई सुरुमा गाउँकै एक युवकले रेस्टुरेन्टमा वेटरको जागीर दिलाउँछन्। त्यहीबाट विभिन्न पुरुषहरुसँग उनको संगत सुरु हुन्छ। तीमध्ये एक प्रौढ उमेरका धनाढ्य पुरुषसँग निकट भएर फूलमाया ठाँटको जीवन बाँच्न थाल्छिन्।

यही क्रममा उनलाई म्युजिक भिडियोको लागि अफर आउँछ। भिडियो खेल्न अफर गर्ने निर्देशकलाई उनी प्रश्न गर्छिन्, ‘मसँग डिनरचाहिँ खानुहुन्न?’

गीतको भिडियोमा चलेका कलाकारहरु छन्। सुनिल थापा जस्ता लिजेन्ड अभिनेतालाई प्रकाश सपुतले भिडियोमा खेलाएका छन्। सपुतका अन्य म्युजिक भिडियोजस्तै यो पनि संवादबाट सुरु हुन्छ र संवादमै टुंगिन्छ।

प्रकाशित: Apr 16, 2023| 12:24 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्