शनिबार, भदौ ६, २०८३

बलात्कार आरोपमा छुट्टाछुट्टै स्थानबाट तीनजना पक्राउ

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- बलात्कार आरोपमा काठमाडौं, झापा र कञ्चनपुरबाट तीनजना पक्राउ परेका छन्। 

प्रहरी बुलेटिनका अनुसार काठमाडौंमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ३१ वर्षीय कृष्णबहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

महतले ती किशोरीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापा गाउँपालिका–४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति पक्राउ गरिएको छ। अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उता कञ्चनपुरमा ८० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका–७ टाउकेटोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

क्षेत्रीले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रकाशित: Apr 16, 2023| 12:02 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्