बिहीबार, कात्तिक २७, २०८२

'जारी'को आक्रामक ओपनिङ, दुई दिनमै कमायो चार करोड

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- दयाहाङ राई र मिरुना मगरको जारीले बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ। नयाँ वर्षको दिन शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दुई दिनमै चार करोडभन्दा बढी कमाइसकेको छ। 

National life

काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलमा जारी शतप्रतिशत अकुपेन्सीसहित चलिरहेको छ। पोखरा, चितवन, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ राम्रो रहेको बताइएको छ।

तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ। विशेषगरी लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्म पनि फिल्म देखाइरहेका छन्। सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर कबड्डी श्रृंखलाको क्रेजले जारीलाई राम्रो फाइदा पुगेको छ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई पेश गरेको छ। फिल्ममा विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायत कलाकारको पनि  भूमिका छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 16, 2023| 11:40 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्