शनिबार, भदौ ६, २०८३

सवारी दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

धनगढी- कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिका-५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो। ना.५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक  बेदकोट नगरपालिका-३ का ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 16, 2023| 11:14 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्