धनगढी- कञ्चनपुरमा पोखरीमा डुबेर बैतडीकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हो।
मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन्।
कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा डुबेर घाइते भएकी हुन्। उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भएकी थिइन्। उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार हुँदै थियो। उपचारकै क्रममा शनिवार राति १० बजे उनको मृत्यु भएको हो।