शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य, मनोरञ्जन र तीर्थस्थल भ्रमण सेवासहित वुवा केयर सञ्चालनमा

स्वास्थ्य, मनोरञ्जन र तीर्थस्थल भ्रमण सेवासहित वुवा केयर सञ्चालनमा

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- नयाँ वर्ष २०८० देखि वुवा केयर डटकम नामक संस्थाको सुरुवात भएको छ।

triton college

विशेषगरी ५५ वर्षदेखि माथि उमेर समूहका मानिसहरूलाई लक्षित गरी वुवा केयर डटकमले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तीर्थस्थल दर्शन गराउने र उक्त उमेर समूहका मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थे बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको हो।

संस्थाका अध्यक्ष डा. अनाम प्याकुरेलले व्यस्त जीवनशैलीका कारण वुवाआमाहरूको सामाजिक जीवनलाई गुणस्तरीय बनाउनका लागि वुवाकेयर डटकमले विशेष सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

घरमै बसीबसी  सम्पूर्ण स्वास्थ्य समस्याहरूको पहिचान तथा निदानको लागि गुणस्तरीय तथा सर्वसुलभ रूपमा शारीरिक जाँचको व्यवस्था गराउने, आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा पुर्‍याउने तथा डाक्टरको परामर्श पश्चात् आवश्यक पर्ने सम्पूर्ण औषधिहरूको घरमै डेलिभरीको व्यवस्था गर्ने संस्थाको उद्देश्य छ।

यसैगरी मनोरञ्जनर्फ वुवाकेयर डटकमका सदस्यहरूको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरूको आयोजना गरी सामूहिक रूपमा सदस्यहरूमाझ मनाउने र विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाइनेछ।

corrent noodles
Metro Mart

वुवाकेयर डटकमका सदस्यहरूलाई समय समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाइनेछ।

प्रकाशित: Apr 16, 2023| 11:07 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्