शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पूर्वसांसदको गोली हानी हत्या गरेको आशंकामा तीन जना पक्राउ

पूर्वसांसदको गोली हानी हत्या गरेको आशंकामा तीन जना पक्राउ

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ।

पूर्वविधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो। पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन्।

प्रकाशित: Apr 16, 2023| 10:19 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्