धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको आइतबार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा मृत्यु भएको हो।
मुटुको बिरामीसमेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।