शनिबार, भदौ ६, २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। आइतबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो।  

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ४२ पैसाले उकालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो। शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ र बिक्रीमूल्य १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ। आज यसको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। शुक्रबार यसको कारोबार पनि सोहि मूल्यमा भएको थियो। 

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। 

आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ एक पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

प्रकाशित: Apr 16, 2023| 09:33 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्