शनिबार, भदौ ६, २०८३

गुराँस लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा

गुराँस लाइफ इन्सुरेन्सले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- गुराँस लाइफ इन्सुरेन्सले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ। यसले सेयरधनीलाई १३.२७% बोनस सेयर वितरण प्रस्ताव पेश गर्नेछ। सभामा यूनियन लाइफ र प्राइम लाइफसँग १.१ अनुपातमा मर्ज हुने प्रस्ताव पनि पास गर्ने एजेन्डा रहेको छ। तीन कम्पनी एक भएपछि हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि छ। 
 
साधारण सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०:३० बजे भिडियो कन्फ्रेन्स माध्यमबाट सुरु हुनेछ। आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।
 
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गरिसकेको छ। चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। 
 

प्रकाशित: Apr 16, 2023| 09:18 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्