शनिबार, भदौ ६, २०८३

भारतमा हिरासतमा रहेका पूर्वसांसदको गोली हानी हत्या

भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ। 
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ। 

प्रहरी हिरासतमा रहेका उनको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको हो। 

भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ। अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो।

अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन। यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरूमाथि गोली प्रहार भएको देखिएको छ।

प्रकाशित: Apr 16, 2023| 08:58 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्