कास्की- पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएको छ। पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली शनिबार दिउँसो ३ बजेतिर खोँचमा खसेकी थिइन्।
खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार भएको थियो। उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनी साथीहरूसँग घुम्न गएको बेला सेती खोचमा खसेकी थिइन्।