शनिबार, भदौ ६, २०८३

हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

बैतडी- बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।

दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको भेटिएको जानकारी दिए।

जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको र उनको कसले, किन हत्या गरेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 16, 2023| 07:15 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्