आइतबार, वैशाख १३, २०८३

सिकन्दर र शाहरुखको विष्फोटक ब्याटिङमा लखनउमाथि पञ्जाबको जित

लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ।
 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्‍यो। 

National life

सिकन्दर राजा ब्याट र बल दुवैबाट चम्केपछि पञ्जाब प्रतियोयोगितामा तेस्रो जित निकाल्न सफल भएको हो। पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटमा १ सय ५९ रन बनाएको थियो।

पञ्जाबविरुद्ध लखनउका लागि युद्धविर सिंह, मार्क वूड र रवि बिस्नोइले समान २–२ विकेट लिए। यस्तै, क्रिस्नप्पा गोथाम र क्रुनाल पाण्ड्याले समान १–१ विकेट लिए। 

लखनउले २० ओभरमा १५९ रन बनाउँदा कप्तान केएल राहलले ७४ रन बनाए। कायल मार्सले २९ रन जोडे। क्रुनाल पाण्ड्याले १८ तथा मार्कस स्टोनिसले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। 

लखनउविरुद्ध पञ्जाबका साम कुर्रनले ३ तथा कासिगो राबडँले २ विकेट लिए। यस्तै, अर्सदीप सिंह, हरप्रित ब्रार र सिकन्दर राजाले समान १–१ विकेट लिए।

kumari

जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

प्रकाशित: Apr 16, 2023| 07:02 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्