ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा बस्दै आएकी इलामकी एक महिला पाँच वर्षीय छोरासहित बेपत्ता भएकी छिन्।
इलामको देउमाई नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाई–६ माइत भएकी ४० वर्षीया निर्मला (निरु) ढकाल सुवेदी चैत २३ गतेदेखि बेपत्ता भएको भाइ संजिव ढकालले जानकारी दिए।
निर्मलासँगै पाँच वर्षीय छोरा चेन्ज सुवेदी पनि बेपत्ता छन्। उनीहरु श्रीमान् चेतमणि सुवेदीसहित इमाडोलको कृष्ण मन्दिर पछाडिको टोलमा बस्दै आएका थिए।
‘दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्कनु भएछ। अहिले सम्पर्कविहीन हुनुहुन्छ । मोबाइल पनि बोक्नुभएको छैन । कपडा पनि एकसरो मात्र लगाएर हिँड्नुभएको रहेछ । हामी खोजतलासमा छौं । कसैले देख्नुभए खबर गरिदिनुहुन अनुरोध गर्दछौं,’ भाइले भने।
परिवारका सदस्यहरुले निरुलाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन्। आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।