शनिबार, जेठ २, २०८३

नयाँ वर्षमा भरिए पोखराका होटल

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

पोखरा- नयाँ वर्ष २०८० को अवसरमा चैत मसान्तदेखि नै पोखरामा पर्यटकको चाप देखिएको छ। यहाँका होटेल क्षमताअनुसार भरिएका छन्।

National life

कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएको थियो। तर नयाँ वर्ष २०८० सँगै पर्यटन क्षेत्रमा उत्साह थपिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

पोखरा र आसपासमा यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन्। उहाँले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए। ‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन,’ उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ।’

नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए। नयाँ वर्षलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन्। 

प्रकाशित: Apr 15, 2023| 19:00 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्