काठमाडौं- रौतहटको गढीमाई नगरपालिकामा जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान भएको छ। घटनामा एक जनाको मृत्यु भएको र तीनजना घाइते भएका प्रहरीले जनाएको छ।
नगढीमाई नगरपालिका-८ धोबिनियामा दुई समूहबीच आज गोली हानहान भएको हो। मृत्यु हुनेमा गढीमाई नगरपालिका-८ का रामकुमार राय छन्। उनलाई तत्कालै अस्पताल लगिए पनि अस्पताल पुग्नेबितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए।