शनिबार, पुस ५, २०८२

जापानी प्रधानमन्त्रीमाथि आक्रमण प्रयास

जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रण प्रयास भएको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रण प्रयास भएको छ। वाकायामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन्।

National life

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा कार्यक्रमस्थलबाट निकालिएको थियो। प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। 

आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन। 

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो। बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारणबीच भागाभाग चलेको थियो।

प्रकाशित: Apr 15, 2023| 11:50 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्