शनिबार, भदौ ६, २०८३

वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- राजधानीको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिएको छ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटिपी) मल्टिमिडिया ग्रुपले महोत्सवको आयोजना गरेको हो।

दुई दिने महोत्सवमा ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ लगायतका सेसन सञ्चालन भएका छन्। महोत्सवको उद्घाटन सेसन ‘पर्यटन प्रवचन’ पर्यटन व्यवसायी कर्ण शाक्यले गरेका छन्।

यस्तै माटो, बाटो र दोबाटो, व्यावसायिक पर्यटन, रहर शहर, सम्पदा पर्यटन, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास र पर्यटनमा जलवायु परिवर्तनको असर शीर्षकका सेसनहरु सञ्चालन भएका छन्।

नयाँ सिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए।
 

प्रकाशित: Apr 14, 2023| 18:05 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्