शनिबार, जेठ २, २०८३

वीरगन्जमा रात्रि बजारको रौनक

हाल परीक्षणको रुपमा बजार लगाइएको र सफल भए नियमित नै गरिने महानगरले जनाएको छ।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नयाँ वर्षको अवसरमा वीरगन्जमा रात्रि  बजार लागेको छ। महानगरपालिकाको आयोजनामा बिहीबार रातिदेखि रात्रि बजार सुरु भएको हो।

National life

शनिबारसम्म सञ्चालन हुने बजार वीरगन्जको आदर्शनगर क्षेत्रमा लागेको छ। सुस्त रहेको वीरगन्जको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महानगरले रात्रि  बजारको अवधारणा ल्याएको हो। 

बिहीबार राति आदर्शनगरको सडक क्षेत्र तथा पुरानो बसपार्कमा विशेष चहलपहल थियो। राति दुई बजेसम्म पनि रात्रि बजारमा स्थानीयको भीड थियो।

बजारमा फुड स्टल, संगीत, घोडचढी, सेल्फी प्वाइन्ट पनि छन्। हाल परीक्षणको रुपमा बजार लगाइएको र सफल भए नियमित नै गरिने महानगरले जनाएको छ।
 

प्रकाशित: Apr 14, 2023| 16:38 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्