शनिबार, जेठ २, २०८३

फिल्ली क्याफेको शाखा नेपालमा पनि

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- विश्व प्रसिद्ध फिल्ली क्याफेको शाखा नेपालमा पनि खुलेको छ। बिहीबारबाट काठमाडांैको लाजिम्पाटमा संचालनमा आएको फिल्ली क्याफेको अभिनेता राजेश हमाल लगायतले रिवन काटेर उद्घाटन गरे।

National life

एनडी वटी नाइन बिजनेस ग्रुप प्रालिसँगको सहकार्यमा क्याफे नविन खड्का र ध्रुव रिजालले नेपालमा सुरु गरेका हुन्। आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारीसहित क्याफे कोखिएको सञ्चालक ध्रुव रिजाल र नविन खड्काले जानकारी दिए। 

फिल्ली क्याफे गुएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, युके, भारत र मौरिससमा विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रूपमा स्थापित छ। अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार भएको हो। फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ। जसले चियाका पारखीहरुको लागि भ्रमण गर्नेपर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्दछ।

काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई सहरको रोमाञ्चक गन्तव्यको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ। चिया तथा हल्का खाजाहरू सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति पर्यटकहरू र स्थानीयहरूको बीचमा यो विश्वव्यापी चेन बन्नको लागि अग्रसर रूपमा अघि बहिरहेको छ।
 

प्रकाशित: Apr 14, 2023| 21:00 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्