शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकको एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

एभरेष्ट बैंकको एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।   

National life

यो सेवा सुचारु भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, ,मेट्रो सुपर मार्केट ,मेट्रो मार्ट  लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन्।

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले बैंकिङ्ग एप इबीएल टच २४ एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने बैंकिङ्ग एप इबीएल टच २४ मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन्। इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पmत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ। यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
 

प्रकाशित: Apr 14, 2023| 19:30 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्