शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नेपाल रेमिट इन्टरनेशनल प्रालि र कृषि बिकास बैकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैकको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत  गोविन्द गरूङ ले हस्ताक्षर गरे।

National life

उक्त सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यालय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन्।

यसका साथै कृषि बिकास बैकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रालिले अब देशभर १२ हजार भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ। जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ।

यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए। 
 

प्रकाशित: Apr 14, 2023| 19:00 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्