काठमाडौं- सांगीतिक रियालिटी सो नेपाल आइडल दोस्रो संस्करणमा टप ट्वान्टीमा पुगेका प्रतिस्पर्धीहरूले ‘दशैं तिहार’ बोलको गीतको भिडियो शनिबार सार्वजनिक गरेका छन् ।
आशिष प्रसाईंको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो दशैं तिहारको अवसर पारेर सार्वजनिक गरिएको हो । भिडियोमा कलाकारहरू विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, सञ्जय सोब र सविन सुवेदीको संयुक्त आवाज छ।
भिडियोमा कलाकारहरू आफैंले अभिनय गरेका छन् । यसका साथै अन्य कलाकारले सशक्त भूमिका निर्वाह गरेका छन् । गीतको शब्द बिक्की महतले रचना गरेका हुन् भने सिद्धार्थ भट्टको संगीत छ । र, भिडियो सम्पादन सुशील न्यौपानेले गरेका हुन् ।
'परदेशमा रहेर दशैं तिहारलाई सम्झिएर शब्द रचना गरेको हो,' महत भन्छन्, 'हजारौं नेपाली युवा विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, तिनका लागि के दशैं के तिहार । उनीहरूलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यहि कथा पुष्टि गर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४