बिहीबार, कात्तिक २७, २०८२

रश्मिकाको जन्मदिनमा सार्वजनिक भयो 'पुष्पा २' को टिजर

फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बर २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुका साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को सिक्वेल आउने निश्चित भएको छ। 'पुष्पा द रूल' को टिजर सार्वजनिक भएको हो।

National life

बुधबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ। प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नाराजुलुस भइरहेको छ। 

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

निर्माण टिमले रश्मिकाको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात् रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं। तपाईं यसरी नै दर्शकको मन जितिरहनू।’

अप्रिल ८ अल्लु अर्जुनको जन्मदिन हो। उनको जन्मदिनको अवसर पारेर फिल्मको दोस्रो टिजर सार्वजनिक हुने बताइएको छ। 
फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बर २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुका साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 05, 2023| 15:10 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्