शुक्रबार, भदौ ५, २०८३

संविधान त्रुटिपूर्ण छ, त्यसलाई कांग्रेसले सच्याउनुपर्छ : गच्छदार

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने तर्क गरे ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे । 

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्याएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए। पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनको आक्रोश थियो। 

सहमहामन्त्री महतले पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी वैैधानिक हुन्छ भनेर पौडेल पक्षलाई प्रश्न पनि गरे।

प्रकाशित: Aug 11, 2021| 15:46 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...