शुक्रबार, फागुन १, २०८२

मनाङ खप्तड गोल्डकपको फाइनलमा

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

धनगढी- मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।

National life

कागजात पुरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो। 

मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रीक गोल गरे। मनाङका लागिखेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो। 

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए। उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो। त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सिमित रहन पुगेको थियो। 

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे। यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रीक पुरा गरे। खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे। 
क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि  मैदानमा केहि अवसर बनायो तर गोल गर्न सकेन। मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते।

Laxmi sunrise bank

जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ। विहिबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमीफाइनलको विजेतासंग मनाङले उपाधिका लागि खेल्ने छ। दोस्रो सेमिफाइनल खेल विहिबार दिउसो ३:३० बजे सुरु हुनेछ। 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो।

प्रकाशित: Mar 29, 2023| 18:57 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।