आइतबार, मंसिर ७, २०८२

नदी प्रदूषित गर्ने पाँच उद्योग कारबाहीमा

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

पर्सा- वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्नेविरूद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ। पटकपटक अनुगमन गरि कारबाहीको चेतावनी दिँदै आएपनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरूद्ध कारबाही प्रक्रिया थालेको हो।

National life

सोही क्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी १५ लाख जरिवाना गरेको छ। 

महानगरपालिकाले वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही तीन लाखका दरले १५ लाख जरिवाना गरेको जनाएको हो।

महानगरले वडा नं २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडानम्बर ३२ मा रहेको दुर्गा पल्प एण्ड पेपर प्रालिलाई तीन लाखका दरले जरिवाना गरेको हो।

नदी प्रदूषित गरेका पाँच उद्योगलाई आज पत्राचार गर्दै सात दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिएको पौडेलले बताए।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदी वीरगञ्ज सहरकै ‘लाइफ लाइन’ रहेको र नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न महानगरले निरन्तर अनुगमन पनि जारी राख्ने बताए।

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, बिन्दवासिनी, रानीघाट, अशोकबाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

प्रकाशित: Mar 28, 2023| 19:03 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्