बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आजबाट देशभर शुरुभयो ‘छक्का पञ्जा ३’

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं-नेपालीहरुको महान चार्ड दशैंको पहिलो दिन घटस्थापनाबाट देशभरका हलहरूमा ‘छक्का पञ्जा ३’ रिलिज भएको छ । रिलिज मिति  अघिदेनै आक्रामक बुकिङ भएको जानकारीका आएको थियो। 

यसअघिका छक्का पञ्जा र छक्का पञ्जा २ ले दर्शक माझ रामै्र प्रभाव छोडेको छ । छक्का पन्जा ३ सिक्वेलमा भने शिक्षा क्षेत्रमा हुने राजनिति र बेथितिलाई देखाउन खोजेको छ। 

दिपाश्री निरौलाका निर्देशनमा बनेको यस फिल्मलाई  आमा सरस्वती मुभिजको प्रस्तुती रहेको छ । फिल्मका दुई गीत ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढकिल्छ’ बोलको गीतले दर्शकको राम्रै ध्यानाकर्षण गरेको छ । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत छ । 
 
छक्का पन्जा ३ बनाउने घोषणा गरे कै दिन फिल्मको रिलिज दशैँ मै हुने घोषणा पनि निमार्ण पक्षले गरेको थिए । यस अघिका छक्का पञ्जाका सिक्वेल पनि फूलपातीमै रिलिज भएका थिए। 

यसपालीको रिलिजको मितिको लागि भने अर्को फिल्म ‘जय भोले’सँग निकै टक्कर खेप्नु पर्‍यो तर, पनि बाजी छक्का पञ्जा ३ ले नै मार्‍यो । फूलपातीबाट रिलिज हुन लागेको जय भोले भने काउन्टर एट्याक गर्न सक्लाकी न सक्ला त्यो पनि हेर्न बाँकी नै छ । 

यसै कारणले पनि निमार्ण पक्षले फिल्मको प्रचारमा भिन्न प्रचारका अस्त्र प्रयोग गरेका छन् । त्यसो त, फिल्मको प्रचारमा निमार्ण पक्षले कुनै कसर छाडेको छैन ।
केदार घिमिरे, जितु नेपाल र दिपक राज गिरीको झगडाको फन्डादेखि छक्का पञ्जा ३ को रिलिज घटस्थापनामा भन्नेसम्मका र्‍याप गीत गर्न भ्याएका छन् । 

फिल्ममा एकल अभिनेत्री रहेकी दीपिका प्रसाईको भने प्रचारमा सहभागिता देखिएन । के यो पनि प्रचारको नयाँ अस्त्र नै पो थियो की ? यस अघि दर्शकको राम्रो साथ पाएको छक्का पञ्जा र छक्का पञ्जा २ पछि को छक्का पन्जा ३ ले दर्शकको कस्तो साथ पाउला ?

सेलाइएको नेपाली फिल्म उद्योगको व्यापारलाई ‘इन्टु मिन्टु लण्डनमा’, ‘ कथा काठमाडौँ’ र ‘नाई नभन्नु ल ५’ ले थोरै राहत दिएको छ । सुस्ताएको नेपाली फिल्म उद्योगको व्यापारलाई  छक्का पञ्जा ३ ले भने उकालो लगाउँछ वा हात्ती आयो हात्ती आयो फुस्सा हुने हो त्यो भने रिलिज पछि नै थाहा हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्