आइतबार, चैत १५, २०८२

एमबाप्पे एक असाधारण खेलाडी हुन : प्रशिक्षक देशच्याम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरीस (एजेन्सी)- फ्रान्सका राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर देशच्याम्पले पीएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पे एक असाधारण खेलाडी भएको बताएका छन् । एमबाप्पले पीएसजीमा गरेको प्रभावकारी प्रदर्शनपछि देशच्याम्पले यस्तो भनेका हुन् ।
 
१९ बर्षीय एमबाप्पेले आइतबार पीएसजीका लागि सानदार प्रदर्शन गरेका थिए । जहाँ लियान ५-० ले पराजित हुँदा एमबाप्पे एक्लैले चार गोल गरेका थिए । युवा स्टारले लिग १ र विश्वकप उपाधि जिति सकेका छन् र भविष्यमा उनलाई बालोन डि’ओर विजेताको रुपमा हेरिएको थियो । 

फ्रान्स टिम यतिखेर आइसल्यान्ड र जर्मनिसँगको खेलका लागि तयारि गरिरहेको छ । तयारिका क्रममा देशच्याम्पले एमबाप्पे अविश्वासनिय तरिकामा छिट्टै आफ्नो करियरमा पुगेको बताएका हुन् । 

‘एमबाप्पेले केही असाधारण प्रदर्शन गरिरहेका छन् । उनी आफ्नो छोटो उमेरमा के गर्न सक्छन् त्यो सामान्य छैन् ।’ देशच्याम्पले भने, ‘तपाई उनलाई कुनै पनि श्रेणीमा राख्न सक्नु हुन्न । उनी जस्ता खेलाडी जहिले पनि प्रकट हुन सक्छन् । मलाई बिशेषाधिकार मिल्यो की उनी फ्रोन्च हुन् र हामीसँग खेल्छन् ।’

‘उनले कहिले पनि असाधानरण प्रदर्शन गरेका छैनन् । तरपनि उनले सधै छिट्टै सिके । उनले हालै आफुलाई पुष्टि गरिसकेका छन् की उनी के हासिल गर्न सक्ष्यम छन् भनेर । उनी अहिले सम्म के गर्न सक्ष्यम छन् । चार गोल सिहित एक एमबाप्पे मात्र छन् ।’ 

देशच्याम्पले भने, ‘धेरै केलियन छन् । तर, मात्र एक केलियन एमबाप्पे जो अदभुत प्रदर्शन गर्न सक्छन् ।’ एमबाप्पेले यस सिजनमा पीएसजीका लागि सबै खाले सात खेल खेल्दै १० गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।