बिहीबार, साउन ७, २०८३

नेपालले चिनसँग पहिले फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आईसीसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग पहिले फिल्डिङ गर्दै छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर नेपालले पहिलो फिल्डिङ गर्ने निर्णय गरेको हो । 

अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गर्न लागेको हो । नौलो प्रतिद्वन्द्वी चीनविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार पाँचौ जित निकाल्नु हुनेछ । 

जारी छनोट प्रतियोगितामा नेपाल र चिनको अहिले सम्मको नतिजा हेर्दा नेपालले लगातार जित निकालिरहेको छ भने चीनले अहिलेसम्म जित निकाल्न सकेको छैन । छनोटमा नेपाल ४  खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता,  चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । 

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला क्रिकेटमा नेपाल र चीनबीच प्रतिस्पर्धा भईसकेको छ । तर, पुरुष क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । 

चीनपछि नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ ।  छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । 

एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-२० विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।