शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारलाई गाली गर्दै राजीनामा दिए रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले

सरकारलाई गाली गर्दै राजीनामा दिए रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन्। 

उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्। वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामापत्रमा उल्लेख गरेका छन्। 

‘देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकराले गर्ने जनविरोधी कामहरुको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजैका मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्। 

सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो। 

उनले आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ खण्ड (घ) मा व्यवस्था नै नभएको विषयमा आरोप लगाएर स्पष्टीकरणको नाटक मञ्चन गरिएको टिप्पणी गरेका छन्। 

प्रकाशित: Aug 11, 2021| 14:33 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...