शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाउनुपर्छ : महामन्त्री थापा

परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाउनुपर्छ : महामन्त्री थापा

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिएका छन्।

National life

काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताएका हुन्।

कतिपय युरोपियन देशमा साना बालबालिकाको परीक्षा नै नलिने शिक्षा प्रणाली रहेको उल्लेख गर्दै नेता थापाले शिक्षक र अभिभावक मिलेर त्यस्तै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने बताए।

‘पटक-पटक प्रधानमन्त्री भएकालाई अर्को पटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ’, नेता थापाले भने।

प्रकाशित: Mar 24, 2023| 20:38 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...